काठमाडौँ, ९ माघ - नेपाल राष्ट्र बैंकले जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा रु तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेदन परेको जानकारी दिए । आगामी केही दिन उक्त ऋणपत्रमा आवेदन दिने समय भएकाले आवश्यक मात्रामा आवेदन पर्ने उनले बताए ।
बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामा रहेको रु ४९ अर्ब आठ करोडमध्ये बोलकबोलबाट रु ४० अर्बको ऋणपत्र खरिद गरी तरलता प्रवाह गरेको थियो ।
बैंकले सोमबार रु ५० करोडको टे«जरी बिल निस्काशन गर्न लागिएको जनाएको छ । सो बिलको अवधि ९१ दिन हुने बैंकको भनाइ छ ।