२३ असार २०८३, मंगलबार

सिड्नीमा होली धमाका हुँदै

फागुन १५, २०८२
काठमाडौं
सिड्नीमा होली धमाका हुँदै

अष्ट्रेलियाको सिड्नीमा होली विशेष कार्यक्रम हुने भएको छ । २८ फेब्रुअरीमा ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रंगको चाड होली मनाउन आउनेले इण्डोनेसियाको बाली जान २ वटा टिकट पाउने छन् । होलीको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सिड्नी होली धमाकामा करन भट्ट , डिजे नटकेस ,मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानीय कलाकारले प्रस्तुतिहरू दिने छन् । 

रगंहरूको पर्वलाई अझै उत्सवमय बनाउन होली धमाका आयोजना गरिएको उनको भनाइ छ ।  प्रवासी जीवनको ब्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपालीहरू रंगको पर्व मनाउनलाई होली धमाका आयोजना गरिएको उनले बताए। 

नेपालीले प्रवासमा रहेर चाडबाड मनाउन पाउन भनेर यस होली धमाकाको आयोजना गरिएको श्रेष्ठले बताए । नेपालीहरूले प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई नभुलुन भनेर यस्ता पर्वलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्