१९ असार २०८३, शुक्रबार

यसरी हुने रहेछ बिजुली चोरी, प्राधिकरणकै एक दर्जन कर्मचारी पक्राउ परेपछि रहस्य खुल्यो

कात्तिक २०, २०७४
यसरी हुने रहेछ बिजुली चोरी, प्राधिकरणकै एक दर्जन कर्मचारी  पक्राउ परेपछि रहस्य खुल्यो

काठमाडौं, १० माघ -नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ ।
कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ । महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । मनिज श्रेष्ठ कर्मचारी संघको कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य । त्यस्तै, महादेव प्रधान कर्मचारी युनियन विद्युत् प्राधिकरण इकाइका सल्लाहकार हुन् । प्राधिकरणका उच्च अधिकारीहरू हेटौंडा गएका बेला प्रधानले आफ्नै घरमा मिटर रिडिङका उपकरण राख्ने गरेका थिए ।Chori
प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ गर्ने, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतका विधिबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा पनि चोरी हुने गरेको छ । राजनीतिक दबाबका कारण प्रशासनले विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न सकेको थिएन । प्राधिकरणका क्रियाशील ट्रेड युनियनले कर्मचारी सरुवामा हस्तक्षेप गर्दा पनि चोरी नियन्त्रणमा समस्या रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।
देशमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरणका कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको हो । मिलेमतोमा उद्योगको मिटर बिगार्ने काम देशभरि रहेको स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्