०५ साउन २०८३, मंगलबार

ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

चैत ३, २०८२
काठमाडौं
ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

बैंकले 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८' जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले ६/६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्