काठमाडौं, १० माघ — भारतको महाराष्ट्र राज्यमा एक झुण्ड कुकुरले गाईलाई टोकेका छन् । पछि त्यो गाईको दूध पिउने लगभग ८० जना बिरामी परेका छन् ।

गाईलाई रेबिजग्रस्त कुकुरले टोकेको पाइयो । रेबिजको संक्रमण गाईको दूधमा पनि फैलिएको थियो । शनिवार बेलुका भएको यस घटनाका बारेमा दूध पिउने मानिसहरूले लगातार बान्ता गरेपछि पत्ता लाग्यो ।
बिरामीहरूको हालत अझै गम्भीर रहेको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।
औरंगाबादका जिल्ला अधिकारी विश्वम्भर गवान्डेका अनुसार दुईवटा गाईको दूध पिएपछि मान्छे बिरामी भएको पाइयो । ती गाईलाई रेबिज लागेका कुकुरहरूले टोकेका रहेछन् ।
गाईहरूको पनि उपचार चलिरहेको छ ।
एजेन्सी