३२ असार २०८३, बिहीबार

पार्टीका शीर्ष नेतासँग देउवाको छलफल, छिटो सरकार छाड्न सुझाव

पार्टीका शीर्ष नेतासँग देउवाको छलफल, छिटो सरकार छाड्न सुझाव

काठमाडौं, १८ पुस– प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री तथा पार्टी शभापति शेरबहादुर देउवालाई छिटो सरकार छाड्न सुझाव दिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिएका हुन् । 

देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । 

बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छिटो प्रदेश प्रमुख तोक्न पनि सुझाव दिएका छन् । 

कांग्रेस सभापति समेत रहेका देउवाले निर्वाचनमा पार्टीले ब्यहोरेको हारको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने पनि प्रतिबद्धता जनाएका छन् । 

शीर्ष नेताहरुसँगको छलफलमा देउवाले पार्टीमा अनुशासनहीनता बढ्दै गएको र चुनावमा कांग्रेसको पराजयका कारण पनि आन्तरिक अनुशासन नहुनु पनि रहेको बताएका थिए । देउवाले आफ्नो बचाउ गर्दै पार्टीको हारमा नेतृत्वको मात्रै कमजोरी नभएको दोहर्याएका थिए । 

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, रामशरण महतलगायतको सहभागिता थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्