०६ साउन २०८३, बुधबार

दाङ राजधानी 'तोकिएपछि' बुटवलबासी आक्रोशित, सडक तताउने चेतावनी

पुस १८, २०७४
दाङ राजधानी 'तोकिएपछि' बुटवलबासी आक्रोशित, सडक तताउने चेतावनी

बुटवल, १८ पुस– सरकारले ७ वटै प्रदेशका राजधानी तोक्ने गरी मुकामहरुको खाका तयार पारेको छ । यसको औपचारिक घोषणा भने भइसकेको छैन । 

यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशका राजधानीको खाका तयार गरिसकेको छ । 

भौतिक पूर्वाधारलाई मुख्य आधार बनाएर ७ वटै प्रदेशको राजधानी तोक्ने तयारी भइरहेको छ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा तोक्ने तयारी गरेको छ । तर बुटवलबासी भने दाङ राजधानी तोक्ने निर्णयले आक्रोशित बनेका छन् । 

बुटवलका राजनीतिक दलदेखि अन्य सामाजिक संघ संस्थाले कुनै पनि हालतमा दाङलाई प्रदेश राजधानी स्वीकार गर्न नसकिने भनेका छन् । 

लोकान्तरसँगको कुराकानीमा बुटवलका राजनीतिकर्मीले दाङलाई प्रदेश राजधानी तोक्ने सरकारको तयारीबारे यसो भने, 

तेजेन्द्र केसी 
नेकपा एमाले, रुपन्देही जिल्ला प्रचार विभाग प्रमुख
सरकारले पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्ने निर्णयका विरूद्ध एमाले संशक्त जनदबाबमा  सृजना गर्नेछ । हामी बुटवल/रूपन्देहीलाई नैं राजधानी बनाएर छाडछौं । बुटवल राजधानी हुनुपर्छ भन्दै बहुमत प्रदेश सांसद छन् । तिनीहरू मार्फत नै हामी बुटवल अहिले अस्थायी राजधानी दाङ तोके पनि स्थायी राजधानी बुटवल नैं बनाउछौं । 
देउवा सरकारले हचुवाका भरमा प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेको हाम्रो ठहर छ । पूर्वाधारका हिसाबले ५ नम्बर प्रदेश राजधानी रूपन्देही बाहेक अन्यत्र हुन सक्दैन । 

युवराज गिरी 
नेपाली कांग्रेस, महासमिति सदस्य

प्रदेश नम्बर ५ को राजधानी कांग्रेसलाई मान्य हुन सक्दैन । सरकारले कुन हिसावले घोषणा गर्ने तयारी गरेको छ, त्यो रूपन्देहीका कांग्रेस नेता÷कार्यकताले स्वीकार गर्न सक्दैनन । यसबारे हामी एक÷दुई दिनमै पाटीको बैठक बसेर संघर्षका कार्यक्रम घोषणा गर्नेछौं ।

रामप्रसाद बञ्जाडे ‘टंकमणि’ 
नेकपा माओवादी केन्द्र, पोलिटव्यूरो सदस्य

यो सरकारले अस्थायी राजधानी दाङलाई तोकेर केही फरक पर्दैन । मुख्य कुरा त प्रदेश सांसद कहाँ हुनुपर्छ भन्ने बढी छन । त्यहीले निर्धारण गर्ने कुरा हो । बुटवल राजधानी हुनुपर्छ भन्ने बहुमत प्रदेश सांसद भएकोले अहिले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले अस्थायी मुकाम तोक्दैमा केही फरक पर्दैन । स्थायी राजधानी बुटवल नैं हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्