१२ असार २०८३, शुक्रबार

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी

काठमाडौं, १८ पुस– महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डिआइजी) तथा नेकपा एमालेका सांसद नवराज सिलवालाई पक्राउ गर्न वारेन्ट (पक्राउ पूर्जी) जारी गरेको छ । 

ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिलवलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्र लेख्दै पक्राउ गर्न भनेको छ । 

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्याङ्कन (कासमू) किर्ते गरेको भन्दै सिलवालविरुद्ध महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गरेको थियो । 

आईजीपी बढुवासम्बन्धी मुद्दामा कासमू किर्ते गरिएको भन्दै सर्वोच्च अदालतले उक्त कार्यमा संलग्नलाई कारबाही गर्न आदेश जारी गरेको थियो । सार्वोच्चको आदेश बमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध पुस ५ गते जाहेरी दर्ता गरेको थियो । 

काठमाडौं परिसरले ललितपुर परिसरलाई पत्र लेखेर सिलवालाई पक्राउ गर्न भने पनि सिलवाल भने भेटिएका छैनन् । सिलवालको खोजी गर्दै प्रहरी उनको घरसम्म पुगे पनि भेट्टाउन नसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालय स्रोतले लाेकान्तरलार्इ जानकारी दियो । 

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि सिलवालले उपत्यका छाडेको हुनसक्ने प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गर्न जिल्लातहमा पनि समन्वय गर्ने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्