
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोन उनलाई जवाफ दिएका छन् ।
उनले ट्वीटर मार्फत किम जोनलाई परमाणु बटन आफूसँग पनि भएको र त्यसले पनि काम गर्ने भन्दै उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।,
यसअघि किम जोन उनले नयाँ सालको अवसरमा अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने बटम आफ्नो टेबलमा भएको भन्दै अमेरिकाले कहिले पनि युद्धको शुरुवात गर्न नसक्ने चेनावती दिएका थिए ।
दुई दिनपछि यसको जबाफ दिँदै डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, उत्तर कोरियाका नेता किम जोन उनले आफ्नो टेबलमा सधै न्यूकिलय बटम हुन्छ भने । उनको कमजोर र खानाको लागि तड्पिइरहेको साम्राज्यका कसैले उनलाई भनुन् कि मसँग पनि परमाणु हतियार छ जो उनको बटन भन्दा निकै शक्तिशाली र ठूलो छ र मेरो परमाणु वटनले पनि काम गर्छ ।’
किन जोन उनले अमेरिकाको हरेक भूभागमा उत्तरले निशाना लगाउन सकने दाबी गरेको छ । उत्तर कोरियामाथि मिसाइल परीक्षणको कार्यक्रम सञ्चालन गरेको भन्दै कयौं किसिमको प्रतिवन्ध लगाइएको छ ।