३२ असार २०८३, बिहीबार

सन् २०१८ का लागि नोस्त्रेदेमसको भविष्यवाणीले विश्वमा खैलाबैला

सन् २०१८ का लागि नोस्त्रेदेमसको भविष्यवाणीले विश्वमा खैलाबैला

काठमाडौं, १९ पुस — फ्रान्सका १६औं शताब्दीका प्रसिद्ध भविष्यवक्ता नोस्त्रेदेमसले सन् २०१८ का सम्बन्धमा गरेको भविष्यवाणीले संसारमा खैलाबैला मच्चाएको छ । 

नोस्त्रेदेमसले सन् २०१८ मा विश्वयुद्ध हुने भविष्यवाणी गरेका थिए । नयाँ वर्षको शुरुवातमै उत्तर कोरियाका सनकी शासक किम जोङ–उन र अमेरिकाका सन्काहा राष्ट्रपति डोनल्ड ट्रम्पले आणविक आक्रमणको धम्की प्रतिधम्की दिएर विश्वयुद्धको छनक दिइसकेका छन् । 

भविष्यवक्ता नोस्त्रेदेमसले अनेक अर्थ लगाउन मिल्ने कुराहरू लेखेका थिए । त्यसैका आधारमा मानिसहरू भविष्यमा यस्तो वा त्यस्तो हुन्छ भन्ने गर्छन् । 

उनले सन् २०१८ मा भीषण प्राकृतिक विपत्ति आउने, अर्थव्यवस्था तहसनहस हुने र विश्वयुद्ध शुरु हुने भनी लेखेका थिए । भविष्यवाणीहरू पहिले पनि सही साबित भएको मान्दै मानिसहरू चिन्तित भएका छन् । 

विशेषगरी अमेरिका र उत्तर कोरियाबीचको तनावले आणविक युद्ध कुनै पनि बेलामा भड्किन सक्ने चिन्ता उठेको छ । विश्वयुद्ध भयो भने पहिलो र दोस्रो विश्वयुद्धभन्दा खतरनाक हुनेछ र विश्वव्यवस्था तहसनहस हुनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्