२३ असार २०८३, मंगलबार

अखिल(क्रान्तिकारी) र नेपालको पहिलो विद्यार्थी संगठनविच एकता

अखिल(क्रान्तिकारी) र नेपालको पहिलो विद्यार्थी संगठनविच एकता

काठमाडौं १९ पौष-आज माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नेपालको सवैभन्दा जेठो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन विच एकता भएको छ।

वि.स.२००७ साल असार १७ गते स्थापित ने.रा.वि.फे. नेपालकै पहिलो र जेठो विद्यार्थी संगठन मानिन्छ । आज प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता घोषणा कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र फेडरेसनका संयोजक दिपक जोशीले एकता विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरी एकता भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। नेराविफे कै झण्डामुनी वि.स.२००८ कार्तिक २० गते दिल्ली सम्झौता विरोधी आन्दोलनका क्रममा चिनियाकाजी श्रेष्ठको हत्या भएको एकता विज्ञप्तिमा जनाइएको छ। '

यो एकताले अखिल(क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनवाट पारित समाजवादी शिक्षा प्राप्तिको कार्यदिशालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं।'- जारी एकता विज्ञप्तिमा भनिएको छ।

विप्लव , नयाँ शक्ति र वैद्यवाट पनि विद्रोह यसैगरी सोही एकता कार्यक्रममा विप्लव निकटको अखिल(क्रान्तिकारी)का सचिव रामवहादुर वि.क. र कोषाध्यक्ष आस्था घिमिरे सहितको समूह अखिल(क्रान्तिकारी)मा समाहित भएको छ। त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशी सहितको समूह अखिल (क्रान्तिकारी)मा समाहित भएको छ।

सोही कार्यक्रममा वैद्य निकट अखिल(क्रान्तिकारी)का ६ नं.प्रदेशका संयोजक जगदीश शाही सहितको टोली पनि क्रान्तिकारीमा समाहित भएको थियोे । एकता घोषणा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का सचिवालय सदस्य एवं क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने,पिविएम द्वय रमेश मल्ल र पदमराज जोशीको सहभागिता रहेको थियोे।

salt training

कमेन्ट गर्नुहोस्