०८ साउन २०८३, शुक्रबार

सरकारले भन्यो, प्रदेशको अस्थायी राजधानी तोकिएकै छैन

सरकारले भन्यो, प्रदेशको अस्थायी राजधानी तोकिएकै छैन

काठमाडौं, १९ पुस– सरकारले प्रदेशका अस्थायी राजधानी नताेकेको प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज (बुधवार) एक विज्ञप्ती जारी गर्दै प्रदेशको अस्थायी राजधानी तोक्ने काम नभएको प्रस्ट पारेको हो । 

यसअघि प्रदेश राजधानी तोकिएको भन्दै हिजो सरकारी स्वामित्वको समाचार एजेन्सी राससले समाचार सम्प्रेषण गरेको थियो । सोही समाचारलाई आधार मानेर राजधानी तोकिएको भन्दै कतिपय ठाउँमा विरोध जुलुस समेत भइसकेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले राजधानी तोकिएको भनेर सम्प्रेषित समाचारलाई सत्य नभएको जानकारी दिएका छन् । 

पन्थीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा भ्रममा नपर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

यद्यपि शहरी विकास मन्त्रालय स्रोतले भने संभावित राजधानीको खाका तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको जनाएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी तोक्ने मन्त्रालय स्रोतको दावी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्