१० साउन २०८३, आइतबार

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, यस्ता छन् छलफलका एजेण्डा

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं, १९ पुस– प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार सर्वदलीय बैठक बोलाएका छन् । 

देउवाले संसदमा प्रतिनिधित्व गर्ने ५ दललाई छलफलका लागि सरकारी निवास बालुवाटार बोलाएका हुन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारीका बीच देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । 

सर्वदलीय बैठकमा प्रदेश प्रमुखहरुको नियुक्तिका सम्बन्धमा पनि छलफल हुने छ । सर्वदलीय बैठकमा सहमति भए बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरिने छ । 
बिहीवार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा एमले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागी हुनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्