०२ असार २०८३, मंगलबार

गौचरणस्थित १४ तले अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा, एकको मृत्यु

गौचरणस्थित १४ तले अपार्टमेन्टमा लागेको आगलागी  नियन्त्रणमा,  एकको मृत्यु

काठमाडौं, १९ पुस–राजधानीको सानो गौचरणस्थित एक १४ तले अपार्टमेन्टमा भएको आगलागी नियन्त्रणमा आएको छ ।  

बुधबार साँझ केएल रेसिडेन्ट अपार्टमेन्टको  पहिलो तलमा आगलागी भएको हो ।  आगलागीबाट एक जनाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले लोकान्तरलाई जानकारी दिए ।  उनका

अनुसार मृत्यु हुनेमा भारतको उडिया राज्यका वीरवल माझी रहेका छन् । उनको डढेको अवस्थामा शब भेटिएको बताइएको छ । 

आगलागी भएको कोठामा रंगको गोदाम रहेको र त्यहीबाट आगो सल्किएको प्रहरीले जनाएको छ । 

दमकलको सहयोगमा  सुरक्षाकर्मी र स्थानीयले करीब एक घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिएका थिए । 

 आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । १४ तल्ले अपार्टमेन्टमा एकाएक आगलागी भएपछि त्यहाँ बसेकाहरुबीच  केहिबेर कोलाहाल मच्चिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्