
शाहरुख खान आफ्नो आगामी फिल्म ‘रईस’को प्रमोशनका लागि पूर्ण रुपमा लागेका छन् ।
शाहरुख आफ्नो फिल्म ‘रईस’को प्रचारका लागि आफ्ना छोरा अबरामसँग सहयोग मागिरहेका छन् ।
शाहरुखले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अबरामको टू डी चस्मा लगाएको फोटो राखेका छन् । यस अघि शाहरुखले यो चस्मा लगाएको आफ्नो तस्वीर सार्वजनिक गरेका थिए ।
‘रईस’ जनवरी २५ मा रिलिज हुन लागेको छ र ऋतिक यामी स्टारर काबिल पनि सोही दिन रिलिज हुने तयारीमा छ ।