०४ असार २०८३, बिहीबार

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत  फेल

पुस २०, २०७४
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत  फेल

काठमाडौँ, २० पुस  — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । 
यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ, कान्तिपुरमा खबर छ । 

मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।

काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन् । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन्,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान् ?’ 

नेपालका मेडिकल कलेजमध्ये त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेर लाइसेन्स परीक्षामा फेल हुनेको संख्या भने १० प्रतिशतभन्दा तल रहेको काउन्सिलका एक पदाधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्