०८ साउन २०८३, शुक्रबार

ऊर्जाको अभावमा बङ्गलादेशका विद्यालयमा आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गरिने

चैत २६, २०८२
काठमाडौं
ऊर्जाको अभावमा बङ्गलादेशका विद्यालयमा आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गरिने

बङ्गलादेशले मध्यपूर्व युद्धले निम्त्याएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न अर्को हप्तादेखि परीक्षणका लागि तीन दिन ‘भर्चुअल’ र तीन दिन भौतिक उपस्थिति रहने एक मिश्रित शिक्षण प्रणाली सुरू गर्ने भएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले आफ्नो आवश्यकताको ९५ प्रतिशत तेल र ग्यास आयात गर्दछ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । मध्यपूर्वमा हप्तौँको द्वन्द्वपछि आपूर्ति श्रृङ्खला अवरूद्ध गरिएको छ ।

शिक्षामन्त्री एएनएम एहसानुल हक मिलोनले भने, “विद्यालयले हप्तामा ५० प्रतिशत कक्षा अनलाइन शिक्षणमा बदल्दा ऊर्जा बचत गर्न मद्दत पुग्नेछ । यस पहिले कोभिड कालमा संस्थाहरूले अनलाइन तथा भर्चुअल शिक्षण विधिलाई अभ्यासमा ल्याएका र यो क्षमता अहिले पनि रहेको उनले बताए ।

“प्रस्तावित तालिका अनुसार, कक्षाहरू शनिबार, सोमबार र बुधबार भौतिक रूपमा र आइतबार, मङ्गलबार र बिहीबार भर्चुअल कक्षाहरू सञ्चालन हुनेछन्,“ शिक्षामन्त्री मिलोनले बिहीबार ढाकामा पत्रकारहरूसँग भने।
उनले विद्यालयका लागि विद्युतीय बस आयात गर्दा पनि सरकारले करमुक्त गरेको बताउनुभयो ।

सरकारले इन्धन खपत रोक्न धेरै उपायहरू अपनाइसकेको छ । यसका लागि इन्धन खरिदमा सीमा तोक्ने र सरकारी कर्मचारीहरूलाई बत्ती कम खपत गर्ने विद्युत् बचाउन कार्यालयहरूमा एयर कन्डिसन बन्द गर्न आदेश दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्