०१ असार २०८३, सोमबार

वाम गठबन्धन बन्यो लचक

पुस २०, २०७४
वाम गठबन्धन बन्यो लचक

काठमाडौं, २० पुस - वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सी' नगर्ने भएको छ।
 सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले आफूखुसी निर्णय लिन खोजे बाटो खोलिदिने रणनीति एमाले-माओवादीले बनाएका हुन्।

यो विकल्पमा एमाले-माओवादी अध्यक्षकै तहमा र दोस्रो पुस्ताका नेताबीच पनि छलफल भएको स्रोतको दाबी छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गत शुक्रबार अनौपचारिक छलफल भएको यो विषयले यसबीच दोस्रो तहका नेताहरूबीचमै प्रवेश पाइसकेको छ।

प्रधानमन्त्रीले सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने एजेन्डामा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त पाँचवटै दलका शीर्ष नेतालाई छलफलका लागि बिहीबार बालुवाटार बोलाएका छन्। बैठकमा सकभर सहमति खोज्ने र लगत्तै मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारीमा सरकार लागेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्