०४ असार २०८३, बिहीबार

प्रदेश प्रमुख र राजधानी तोक्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रदेश प्रमुख र राजधानी तोक्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ, २० पुस– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आज सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहान नौं बजे बैठक बस्न लागेको हो । 

बैठकमा राष्ट्रिय सभा  र सरकार गठनका बारेमा दलहरुबीच देखिएको मतभेद, प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने विषयमा छलफल हुने बताइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेता बैठकमा सहभागी हुने बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्