१० असार २०८३, बुधबार

कांग्रेसले समानुपातिक सूची सच्यायो, यी हुन् सच्याइएको नाम

पुस २०, २०७४
कांग्रेसले समानुपातिक सूची सच्यायो, यी हुन् सच्याइएको नाम

काठमाडौँ, २० पुस- कांग्रेसले प्रदेश सभातर्फको समानुपातिक सांसदको सूची सच्याएको छ । निर्वाचन आयोगले सांसदको सूची सच्याउन दिएको निर्देशनबमोजिम कांग्रेसले सूची सच्याएर आयोगलाई पत्र पठाएको हो । आयोगले १८ पुसमा कांग्रेसलाई तीनवटा प्रदेशमा पाँचवटा नाम क्लस्टरअनुरूप नमिलेको भन्दै मिलाएर पठाउन पत्र काटेको थियो । आयोगको पत्रबमोजिम क्लस्टर मिलाएर बुधबार पठाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ  ।

को-को फेरिए  ?
 प्रदेश नम्बर १ मा सीता पौडेलको नाम हटाएर शान्ता पौडेल
प्रदेश नम्बर १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदार

 प्रदेश २ मा  सलमा खातुनको नाम काटेर  शोभा लामाको नाम राखेको छ । 

 प्रदेश ५ बाट  सूर्यमती उपाध्यायको नाम हटाएर मधेसी–दलित कोटामा रहेकी शान्तिदेवी बर्मा सोनार

यता प्रदेश २ मा  दलित क्लस्टरबाट सिफारिस गर्नुपर्नेमा मधेसी कोटाबाट श्यामपरी देवीलाई सिफारिस गरेको थियो । त्यसलाई पनि आयोगले सच्याउन भनेपछि उनको नाम मधेसी क्लस्टरबाट हटाएर दलित क्लस्टरमा राखेर पठाइएको कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्