
ललितपुर, २० पुस– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखाना जावलाखेलमा रहेका सरकारी वन्यजन्तुलाई राष्ट्रिय शोक वा उत्सव समारोहमा बिदा मिल्दैन । वर्षभरि ३६५ दिन नै खुला रहने सदर चिडियाखानाको यो विशेषताका कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या लोभ लाग्दो रहन गएको छ ।
चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार सरदर वार्षिक ११ लाख अवलोकनकर्ता चिडियाखानामा वन्यजन्तु अवलोकनका लागि भित्रिरहेका छन् । राष्ट्रिय बिदा वा सार्वजनिक बिदामा चिडियाखानाको प्रशासनलाई बिदा मिले पनि जनावरलाई छुट्टी मिल्दैन, बिदाकै बेला पनि चिडियाखाना खुला हुने गरेकाले अवलोकनकर्ता माझ चिडियाखाना प्रिय बन्दै गएको छ, गोरखापत्रमा खबर छ ।