१८ असार २०८३, बिहीबार

नयाँ अध्ययन भन्छ, धेर गुलियो खाँदा सुस्त हुन्छ दिमाग

नयाँ अध्ययन भन्छ, धेर गुलियो खाँदा सुस्त हुन्छ दिमाग

काठमाडौं, २० पुस — गुलियो खाएपछि तपाईंले अल्छी लागेको अनुभव गर्नुभएको छ ? हालै गरिएको एक अध्ययनका अनुसार, धेर गुलियो खाँदा हाम्रो शरीरमा चिनीको असर देखिन थाल्छ जसकारण हाम्रो दिमागको कार्यक्षमता सुस्त हुन्छ । 

यस अध्ययनमा संलग्न व्यक्तिहरूले चिनी सेवन गरेपछि आफूहरूको ध्यान तथा प्रतिक्रिया समय घटेको अनुभव गरे । फलफूलमा भएको प्राकृतिक चिनी वा कृत्रिम चिनी सेवन गर्ने व्यक्तिको तुलनामा साँच्चिकै चिनी खाने मानिसले सुस्तता अनुभव गरे । 

न्युजील्यान्डको ओटागो विश्वविद्यालयका प्राध्यापक मेई पेङ भन्छन्, ‘हाम्रो अध्ययनले ग्लुकोजसँग सम्बन्ध भएको सुगर कोमा वास्तवमा हुने देखाएको छ । यस अवस्थामा चिनीको मात्रा अधिक हुने ग्लुकोज सेवनपश्चात् व्यक्तिको सतर्कता घट्न थाल्छ । विशेषगरी चिनी सेवनपश्चात् हाम्रो मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भनी हाम्रो अध्ययनको जोड थियो ।’

यसअघि भएका अध्ययनमा ग्लुकोजले शरीर र मस्तिष्क दुवैलाई सकारात्मक असर पार्ने देखाइएको थियो । यसले हाम्रो स्मरणशक्ति बढाउने बताइएको थियो । तर ताजा अध्ययनले चिनीको अत्यधिक सेवनले मस्तिष्कमा खराब असर पार्ने र दिमाग सुस्त हुने देखाएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्