०४ असार २०८३, बिहीबार

‘शाहरुख खानले होचा कलाकारको मजाक उडाए’

‘शाहरुख खानले होचा कलाकारको मजाक उडाए’

काठमाडौं, २० पुस — बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म जिरोको टीजर आएपछि उनका प्रशंसकहरू अत्यन्तै खुशी भएका छन् । तर केही व्यक्ति चाहिँ रिसाएका पनि छन् । 

टीभी तथा भोजपुरी फिल्मका चर्चित कलाकार केके गोस्वामी अहिले शाहरुखसँग रिसाएका छन् । गोस्वामीले फिल्म जिरोमा शाहरुखद्वारा खेलिएको होचो व्यक्तिको भूमिकाप्रति आपत्ति जनाएका हुन् । 

उनका अनुसार, शाहरुख र निर्देशक आनन्द एल रायले यस फिल्मका लागि होचो कलाकारलाई नै छान्नुपर्थ्यो । शाहरुखले आफैं होचो बनेर उनीजस्ता कम लम्बाई भएका मानिसको मजाक उडाएका छन् । 

‘शाहरुख खानले होचा व्यक्तिका बारेमा फिल्म बनाएर राम्रो काम गरेको भएपनि उनले छोटो कद भएका व्यक्तिलाई नै खेलाएको भए भइहाल्थ्यो नि,’ गोस्वामी भन्छन्, ‘उनलाई होचा कलाकारप्रति विश्वास नभएको हो ? उनले
हामीजस्ता होचा कलाकारको अडिसन लिनुपर्थ्यो । आफैं होचो बनेर उनले हाम्रो मजाक उडाएका छन् ।’

त्यसो त शाहरुखको होचो अवतारलाई ट्विटरमा पनि खुबै मजाक उडाइएको छ । एक प्रयोगकर्ताले ट्वीट गर्दै लेखे, ‘शाहरुख खानको दिन खराब चलिरहेकाले राजपाल यादवको भूमिका खोसिरहेका छन् ।’

अक्षय जैन नामक ट्विटर प्रयोगकर्ता लेख्छन्, ‘होचो देखिनु नै थियो भने शाहरुखको साटो आमिर खानलाई खेलाएको भए हुन्थ्यो । यति धेरै स्पेसल इफेक्ट त हालिरहनु पर्दैनथियो ।’

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्