१० साउन २०८३, आइतबार

अमेरिकामा यसरी जमे नेपालका गौरव

अमेरिकामा यसरी जमे नेपालका गौरव

काठमाडौँ, २० पुस–नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन् । 

उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन् । तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे ।

सानैमा नेपाली गीतसङ्गीतमा रुचि लिने सिटौलाले रक एण्ड रोलसँग आफ्नै दिदीहरु सञ्जिता र मञ्जिताबाट परिचित भए । ‘गन्स एण्ड रोजेज’को क्यासेट टेप सुनेर उनको जीवनले मोड लियो । एक पल्ट एउटा कन्सर्टमा ‘गन्स एण्ड रोजेज’का गीत सुनेका चौध वर्षीय सिटौला त्यसपछि गिटार लिएर हिँड्न थाले। 

“म आफूले मन परेको गीत सुन्नेबित्तिकै गिटारका कर्डमा ट्युन दिन सक्छु,” हाल ‘रब’ सिटौला बनेका गौरव भन्छन् । गिटार बोक्न शुरु गरेकै बेला उनी गीत लेख्न सक्ने भइसकेका थिए । उनले शुरुमा गाएको पहिलो गीत ‘विश्वास’ शीर्षकको थियो । त्यही ‘विश्वास’ले उनी विद्यालय, छिमेकी, साथी र शिक्षकहरुबीच परिचित र प्रशंसित भए र विभिन्न ब्यान्डबाट निमन्त्रणा पाउन थाले । उनले ‘हेभी ड्युटी’ ब्यान्डमार्फत सन् २००६ को ‘काठमाडौँ उत्सव’ र एनटिभी मेट्रो २ मा आफ्नो प्रस्तुति दिन पाए । अहिले उनी एक्लै अमेरिकामा ‘स्किनी इज ग्रिन’ ब्यान्ड चलाउने भइसकेका छन् । 

नेपालको जेभियर एकेडेमीबाट दश जोड दुई सकेपछि उनले ‘द इलेभेन्थ आवर’ ब्याण्ड स्थापना गरे र साथीहरुसँग मिलेर एकैचौटि गीतलेखन, गायन र सङ्गीतमा संलग्न भए । सन् २००७ मा सो ब्यान्डले एउटा एलबम पनि निकाल्यो । त्यस्तै दुई म्युजिक भिडिओ ‘उज्यालो हेर्ने सपना’ र ‘ऐनाको प्रश्न’ पनि उनले बनाए जुन थुप्रै टिभी च्यानलमा प्रसारण भयो । 
साथीहरु धेरैजसो पढ्नका लागि विदेश लागेपछि त्यो ब्यान्ड विघटन भयो । रबले भने सन् २००७ डिसेम्बरमा अमेरिका लागे पनि आफ्नो सपना र विश्वासलाई मर्न दिएनन् । रब विस्तारै युट्युबमार्फत अमेरिकामा फिँजिन लागे । उनले सन् २०१२ तिर गीत लेखन कक्षा पनि लिए र अघि बढ्दै गए । 

‘स्किनी इज ग्रिन’ ९२०१३० मार्फत नै अहिले उनी संगीत क्षेत्रमा लागिरहेका छन् । यसमार्फत उनले दुई एल्बम ‘ड्रिमर्स’९२०१५० र ‘हु इज वाचिङ’९२०१६० निकालेका छन् । हाल मेरिल्याण्ड निवासी रब टेक्सास युनिभर्सिटीमा चलचित्रबारे पढ्दैछन् । “ मैले मेरा गीत राखेर चलचित्र बनाउने योजना बनाएको छु”, सच्चिनानन्द सिटौला र मीनु सिटौलाका एक मात्र पुत्रले रासससँग भने ।

salt training

कमेन्ट गर्नुहोस्