०२ असार २०८३, मंगलबार

मेकअप गर्ने सही तरिका, यस्तो गर्दा तपाईं सबैभन्दा आकर्षक देखिनुहुनेछ

पुस २०, २०७४
मेकअप गर्ने सही तरिका, यस्तो गर्दा तपाईं सबैभन्दा आकर्षक देखिनुहुनेछ

सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका । 

एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित मेकअप साधन चुन्न सक्नु पनि आवश्यक हुन्छ । साथै तपाईंले आफूलाई आवश्यक परेअनुसार मेकअप कलाको विविधता जान्नु पनि जरुरी हुन्छ । 

फाउन्डेशन
त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ । जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ । 

आइस्याडो
आफ्नो चिउँडोलाई अगाडि बढाएर माथि गर्नुहोस् । नाकको टुप्पोटितर हेर्नुहोस् । ब्रशको मद्दतले आइस्याडोलाई आँखाको एक कुनादेखि अर्को कुनासम्म फैलाउनुहोस् । यस्ता गर्दा तपाईले लगाएको आइस्याडो कृत्रिम देखिनेछैन । 

आइलाइनर
आइलाइनर लगाउने बेला ऐनाको अगाडि झुक्नुभन्दा आफ्नो टाउँकोलाई पछाडि झुकाउनुहोस् । र आँखाभैंलाई माथि खिच्नुहोस् । अब आइलाइनरको पेन्सिलाई बरौनिमा सिधा राख्नुहोस् । आँखा पटक पटक झुकिरहेका छन् भने केही सोच्नुहोस् । सम्पूर्ण ध्यान बरौनिमा राखेको पेन्सिलमा दिनुहोस् । अब बिस्तारै आँखालाई आकर्षक आकार दिएर रेखा खिच्नुहोस् । 

ब्लशर
ब्लशरलाई एकतर्फको गला फुकाएर हल्का मुस्कुराउँदै लाउँदा राम्रो हुन्छ ।  मुख बन्द गर्नुहोस् । ओठका कुनाहरु माथि उठाउनुहोस् । गलाको ठीक माथि ब्लशर लगाउनुहोस् । पाउडर ब्लशर के लिए रेगुलर र क्रीम ब्लशरका लागि काबुकी ब्रस प्रयोग गर्नुहोस् ।

लिपस्टिक
ओठलाई सामान्य मुद्रामा राख्नुहोस् । अनि विस्तारै हल्का मुस्कुराउनुहोस् । लिपलाइनरले ओठमा आकार दिनुहोस् । ओठा पातला छन् भने प्राकृतिक लाइनभन्दा अलिकति बाहिर लाइन बनाउनुहोस् । अब लिप ब्रसको मद्दतले एक शेड हल्का कलरले ओठ भर्नुहोस् । 
 

salt training

कमेन्ट गर्नुहोस्