३० जेठ २०८३, शनिबार

सामसुङ मोबाइल पड्कनुको कारण यस्तो !

कात्तिक २०, २०७४
सामसुङ मोबाइल पड्कनुको कारण यस्तो !
काठमाडौं, १० माघ–दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ को सफ्टवेयर र हार्डवेयरमा नभई ब्याट्रीमा समस्या भएका कारण आगलागी भएको बताएको छ ।

कम्पनीका अनुसार अन्तराष्ट्रिय तथा व्यक्तिगत शोधकर्ताले नोट ७ मामलामा गडवडी व्याट्रीमा थियो । सामसुङ स्मार्टफोन कारोबारको प्रमुख कोह डोग जिनले कम्पनीका तर्फबाट माफी मागेका छन् ।

पिछिल्लो वर्ष अक्टुबरमा कम्पनीको चार्जिङपछि ग्यालेक्सि नोट ७ मा विस्फोट भएको थियो । यसपछि सेप्टेम्बरमा बजारबाट २५ लाख नोट ७ फोन फिर्ता मागिएको थियो ।

गत वर्ष अमेरिका तथा दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा कयौं ग्यालेक्सी नोट ७ मा आगलागी भएको घटनाहरु सार्वजनिक भएका थिए ।

यी सव कारणले गर्दा कम्पनीको ५.३ अर्व डलर घाटा भएको थियो भने कम्पनीको छविमा समेत घाटा लागेको थियो ।

२०१६ मा बजारमा ल्याइएको समासुङ नोट ७ लाई एप्पलको आइफोनको प्रतिद्वन्द्वीको रुपमा लिने गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्