०५ साउन २०८३, मंगलबार

नयाँ सरकार गठनमा काँग्रेस बाधक होइन- काँग्रेस नेता खड्का

नयाँ सरकार गठनमा काँग्रेस बाधक होइन- काँग्रेस नेता खड्का

भक्तपुर, २० पुस - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पार्नुभयो । 

उहाँले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गर्नुभयो । काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताउनुभयो । 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण काँग्रेसले पराजय व्यहोर्नुपरेको केन्द्रीय सदस्य खड्काको भनाइ रहेको छ । राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उहाँको दाबी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्