
काठमाडौं, २० पुस — बच्चा अनि वयस्क सबै चुइंगम खान चपाउन मन पराउँछन् । चुइंगम चपाउँदै गर्दा झुक्केर निलियो अनि पेटमा पुग्यो भने हाम्रो पाचनप्रणालीमा नोक्सानी हुन्छ भन्ने मान्यता छ ।
तर डराउनु नपर्ने रहेछ । नयाँ अध्ययन अनुसार, चुइंगम पच्छ पनि अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।
न्युयोर्कको लेंगोन मेडिकल सेन्टरका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा लिजा गान्झुका अनुसार, चुइंगम निलिएमा डराउनुपर्दैन किनकि यो अन्य खानाजस्तै पच्छ तर यसको पाचनमा अलि बढी समय लाग्छ ।
हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्ने डा लिजा बताउँछिन् ।
डा लिजाले चुइंगम पच्ने कुनै निश्चित समय बताउन नसकिने किनकि यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा निर्भर रहने बताइन् । तर चुइंगम पच्ने चाहिँ सुनिश्चित रहेको उनको तर्क छ ।
तर पच्छ भन्दैमा जानीबुझी चुइंगम ननिल्नुस् । धेर चुइंगम नचपाउनुस् र पाचनप्रणालीलाई विना कारण दबाब सहने स्थिति नल्याउनुस् ।
एजेन्सी