
काठमाडौं, २० पुस — जाम्बिया सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल पल मिहोवा बुधवारदेखि सातदिने औपचारिक सद्भावना भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनलाई सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी जगदीशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उनले बिहीवार टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए भने उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आजै उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।