०८ साउन २०८३, शुक्रबार

कोइला आयात प्रकरणबारे छानविनको आदेशपछि श्रीलङ्काका ऊर्जा मन्त्रीद्वारा राजीनामा

बैशाख ४, २०८३
काठमाडौं
कोइला आयात प्रकरणबारे छानविनको आदेशपछि श्रीलङ्काका ऊर्जा मन्त्रीद्वारा राजीनामा

कोइला आयातमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोपको छानबिन गर्न राष्ट्रपतिले आदेश दिएपछि श्रीलङ्काका ऊर्जा मन्त्री कुमार जयकोडीले शुक्रबार राजीनामा दिएका छन् । 

गत हप्ता सरकारी लेखा परीक्षणले देशको सबैभन्दा ठूलो ९०० मेगावाटको ‘थर्मल पावर प्लान्ट’लाई पूर्ण क्षमतामा सञ्चालन गर्नबाट रोकेको पाइएको खुलासा गरेपछि अनुरा कुमार दिसानायकेले छानविनका लागि निर्देशन दिएका हुन् । 

अभावलाई पूरा गर्न राज्य उपयोगिताले मध्य पूर्व द्वन्द्वले निम्त्याएको विश्वव्यापी ऊर्जा सङ्कटको समयमा अधिक महँगो डिजेल उत्पादनमा भर परेको आरोपपछि राष्ट्रपतिको निर्देशन आएको हो ।

राष्ट्रपति दिसानायकेले कोइला आयातमा कुनै अनियमितता वा गैरकानुनी गतिविधि भएको छ कि छैन भन्ने छानबिन गर्न विशेष राष्ट्रपति आयोग गठन गरेका छन् । 

मन्त्री जयकोडीले निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउन सहयोग गर्नका लागि राजीनामा दिएको सरकारका उच्च पदस्थ अधिकारीले जानकारी गराएका छन् ।

गहिरो जरा गाडेको भ्रष्टाचार अन्त्य गर्ने वाचासहित सन् २०२४ सेप्टेम्बरमा सत्तामा आएका दिसानायकेलाई कोइला खरिद प्रकरणले लज्जित बनाएको छ।

उनको कार्यालयले सरकारले सन् २००९ देखि भएको कोइला खरिदबारे अनुसन्धान गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्