०७ असार २०८३, आइतबार

मुख्य न्यायाधीश सिफारिसप्रति न्यायाधीश जोशीको असहमति, वैठकमै जनाए 'नोट अफ डिसेन्ट'

मुख्य न्यायाधीश सिफारिसप्रति न्यायाधीश जोशीको असहमति, वैठकमै जनाए 'नोट अफ डिसेन्ट'

काठमाडौं, २० पुस– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले विहीबार न्यायपरिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा गरेको सिफारिसप्रति असहमति जनाएका छन् । 

न्यायपरिषद्ले नहकुल सुवेदी, उदय चापागाई, यज्ञ वस्याल र हरिकुमार पोखरेललाई उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो । ‘यो सिफारिस उपयुक्त छैन । यसमा मेरो असहति छ’ न्यायाधीश जोशीले लोकान्तरसँग भने । 

उनले न्यायाधीश सिफारिसका लागि बसेको परिषद्को बैठकमै ‘नोट अफ डिसेन्ट(असहमति)’ जाहेर गरेका छन् । 

‘परिषद् बैठकले हेर्नुपर्ने सवै प्रकृया, परम्परा, वरिष्ठता लगायतका पक्षमा ख्याल गरेन यसैमा मेरो असहमति हो’ न्यायाधीश जोशीले थपे । 

न्यायापरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् भने प्रधानन्यायाधीशपछि सर्वोच्चका वरियतामा दोस्रो नम्बरमा पर्ने न्यायाधीश न्यायापरिषद्को सदस्य हुन्छन् । 

न्यायाधीश जोशी प्रधानन्याधीश पछि सर्वोच्चका दोस्रो वरियताका न्यायाधीश हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्