०५ असार २०८३, शुक्रबार

८ कक्षाको परीक्षालाई लक्षित गरी काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो यस्तो सफ्टवेयर

८ कक्षाको परीक्षालाई लक्षित गरी काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्यो यस्तो सफ्टवेयर

काठमाडौँ, २० पुस–काठमाडौँ महानगरपालिकाले आजदेखि कक्षा ८ को परीक्षालाई लक्षित गरी अनलाइन आधारित सफ्टवेयरको शुभारम्भ गरेको छ । 

आज यहाँ आयोजित सफ्टवेयर सार्वजनिक कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले kmcdeo.theconnectplus.com को शुभारम्भ गरेका हुन् । 

उक्त सफ्टवेयरमा हरेक विद्यालयको नाम र व्यवस्थापनको समग्रताका बारेमा लेख्नुको साथै तत्कालको लागि आठ कक्षा पढ्ने विद्यार्थीको व्यक्तिगत विवरण र संरक्षकको नाम समावेश गरिनुपर्ने बताइएको छ । 

शिक्षामा आइटीको प्रयोग बढाउन तथा तथ्यांकहरु एकत्रित गर्नका लागि अनलाइनको प्रयोग आवश्यक रहेकाले कामपाले यस किसिमको कामको थालनी गरेको प्रमुख शाक्यले बताए । 

मुलुक संघीय संरचनामा गइसकेपछि विद्यालयको आधारभूत तह स्थानीय तहमा गइसकेको अवस्थामा स्थानीय तहले कक्षा ८ को परीक्षालाई अनलाइन संरकरणमा लैजान यस्तो गरेको उहाले जानकारी दिए । 

सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै परीक्षालाई मर्यादित, व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न कामपा तयार रहेको कामपाको प्रशासकीय अधिकृत धनीराम शर्माले बताए । अनलाइन प्रयोग गर्नका लागि सम्बन्धित विद्यालयलाई युजर नेम र पासवर्ड उपलब्ध गराउने छ । 

परीक्षाको नतिजा, प्रकाशन मार्कलेजर तथा मार्कसिट यसै प्रणालीबाट तयारी गरी विद्यालयलाई उपलब्ध गराइने छ, महानगरका शिक्षा विभागका प्रमुख प्रह्लाद आर्यालले जानकारी दिए । 

हाल कामपामा ९४ सामुदायिक तथा ६५० संस्थागत विद्यालय छन् । जसमा एक लाख ७५ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सामुदायिक विद्यालयमा ३८ हजार र संस्थागत विद्यालयमा एक लाख ३७ हजार विद्यार्थी अध्ययनरत छन् भने ११ वटा स्रोत केन्द्र छ । 

salt training

कमेन्ट गर्नुहोस्