काठमाडौं १० माघ –व्यबस्थापिका संसद्को अर्थ समितिका सभापति एवं नेकपा एमालेका नेता प्रकाश ज्वालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबैध कारोबारको केन्द्र बन्दै गएको बताएका छन् ।

व्यबस्थापिका संसदको सोमवारको बैठकको विशेष समयमा नेकपा एमालेका प्रकाश ज्वालाले विमानस्थलबाट भइरहेको तश्करी रोक्न नसक्नु राष्ट्रिय लज्जाको बिषय भएको बताएका हुन् ।
‘एयरपोर्टबाट बाकसका बाकस सुन छिर्छ यो राष्टिय लज्जाको बिषय हो । ती बाकसमा हतियार भित्रिए देशको राष्ट्रिय सुरक्षा के होला ?’ उनले प्रश्न गरे ।
अन्तराष्ट्रिय अपराधी चाल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ति छिराइदिने बताएको स्मरण गर्दै ज्वालाले भने, ‘सुनको हात्ति नै छिर्न थाल्र्यो, डलरको हात्ति बाहिरिन लाग्यो ।’
सभापति ज्वालाले भन्सारका कर्मचारी र सुरक्षाकर्मीबीच समन्यव गर्नुको सट्टा खिचातानी हुदा तस्करी बढेको बताए । उनले सुन तश्करीमा संलग्न व्यक्तिहरु प्रहरीमा आफू अनुकुलको आइजिपी बनाउँ लागेको आरोप लगाए ।