२९ जेठ २०८३, शुक्रबार

पेटेन्ट फाइलिङमा भारतको नयाँ कीर्तिमान: एक वर्षमा ३० प्रतिशतको वृद्धि

बैशाख ८, २०८३
काठमाडौं
पेटेन्ट फाइलिङमा भारतको नयाँ कीर्तिमान: एक वर्षमा ३० प्रतिशतको वृद्धि
भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल। तस्वीर: पीटीआई

भारतले बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त भएको छ। भारतको अंग्रेजी दैनिक पत्रिका डेक्कन क्रोनिकलको समाचारअनुसार आर्थिक वर्ष २०२५-२६ मा पेटेन्टका लागि दायर गरिएका आवेदनहरूको संख्या ३०.२ प्रतिशतले बढेर १ लाख ४३ हजार ७ सय २९ पुगेको हो, जुन अघिल्लो आर्थिक वर्षमा १ लाख १० हजार ३ सय ७५ मात्र रहेको थियो । 

भारत अहिले विश्वकै छैटौं ठूलो पेटेन्ट फाइलिङ गर्ने देशको रूपमा उभिएको छ । यसमा स्वदेशी आविष्कारकहरूको भूमिका महत्वपूर्ण देखिएको समाचारमा उल्लेख छ, जहाँ कुल आवेदनमध्ये ६९ प्रतिशत हिस्सा घरेलु स्तरमै दर्ता भएका छन् । विशेष गरी तामिलनाडु, कर्नाटक र महाराष्ट्रका आविष्कारकहरूले यसमा नेतृत्व गरिरहेका छन् ।

सरकारले सन् २०१६-१७ देखि चालेका विभिन्न सुधारात्मक कदमहरूका कारण यो संख्यामा निरन्तर वृद्धि देखिएको हो । सन् २०१६-१७ मा करिब ४५ हजार रहेको फाइलिङ संख्या क्रमशः बढ्दै गएर अहिलेको उच्च विन्दुमा पुगेको हो । स्टार्टअप, साना उद्योग तथा शैक्षिक संस्थाहरूका लागि शुल्कमा भारी कटौती, द्रुत गतिमा आवेदनको जाँच र निःशुल्क कानुनी परामर्शजस्ता सुविधाहरूले यो वृद्धिलाई सम्भव बनाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्