१२ असार २०८३, शुक्रबार

प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

पुस २१, २०७४
प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

काठमाडौँ, २१ पुस- प्रदेश २ मा राजपा र फोरम मिलेर प्रदेश सरकार बनाउने तयारी गरेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन गरेर निर्वाचनमा होमिएका दुई दलको प्रदेश २ मा बहुमत छ । निर्वाचनमा जाँदा प्रदेशमा मधेसको अधिकार प्राप्ति र विकासका लागि सरकार निर्माणको जनमत दिन आग्रह गरेको र जनताले विश्वास गर्दै म्यान्डेट दिएकाले, त्यसबाट दायाँबायाँ नगर्ने उनीहरूले बताएका छन् । यद्यपि, सरकार निर्माणको औपचारिक निर्णय भने प्रदेशका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि गर्ने दुवै पार्टीका नेताहरूको भनाइ छ ।

राजपा महामन्त्री जितेन्द्र सोनलले प्रदेश २ मा जनम्यान्डेट राजपा र फोरम मिलेर सरकार निर्माण गर्ने भएकाले आफुहरू जनताको विश्वासअनुरूप अघि बढ्ने बताए । नयाँ पत्रिकामा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्