१५ असार २०८३, सोमबार

महिला हिंसामाथि बनेको ‘राज्जा रानी’ देशैभर प्रदर्शनमा

पुस २१, २०७४
महिला हिंसामाथि बनेको ‘राज्जा रानी’ देशैभर प्रदर्शनमा

काडमाडौं, २१ पुस– तराईमा विद्यमान दाइजो प्रथा र त्यसका आडमा महिलामाथि हुने गरेको हिंसालाई मुख्य विषय बनाइएको फिल्म ‘राज्जा रानी’ शुक्रबारदेखि देशभर प्रदर्शमा आएको छ । यम थापाले पहिलो पटक निर्देशकीय पारी सम्हालेको फिल्ममा नाजिर हुसैन र केकी अधिकारी केन्द्रीय भूमिका रहेका छन् । 

पटकथा पनि थापाकै हो । आयृन फिल्मस्को ब्यानरमा रमेश एमके पौडेलको निमार्ण रहेको राज्जा रानीले रिलिजको अगावै बुधबार राजधानीको क्युज सिनेमामा प्रिमियर सोसमेत गरेको छ । फिल्मले राजनीतिका आडमा महिलामाथि हुने विभेदको पटाक्षेप गर्ने प्रयास गरेको छ ।

राजेन्द्र थापाको गीतमा दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक...’ बोलको गीत यसअघि नै हिट भइसकेको छ ।
कान्तिपुरबाट 
 

salt training

कमेन्ट गर्नुहोस्