
काठमाडौं, २१ पुस–दुग्ध विकास संस्थान लैनचौरले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।
संस्थानले शुक्रबार एक सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर तिरेर माघ २८ सम्ममा संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा आवेदन बुझाउन सक्नेछन् ।
यसैगरी संस्थानले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि समेत दरखास्त आह्वान गरेको छ भने बढुवा फारम भर्नेबारेको सूचना पनि निकालेको छ ।
सबै सूचना हेर्नुहोस्
