
रुपन्देही, २१ पुस– सिमेन्ट र छड उद्योगले बिनाकारण मूल्यवृद्धि गरेको भन्दै रुपनदेहीका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् ।
रुपन्देहीका छड र सिमेन्ट उद्योगले एक सातादेखि बिनाकारण र बिनाआधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गरेको भन्दै हार्डवेयर व्यवसायी आन्दोलित भएका हुन् ।
हार्डवेयर व्यवसायी संघले पत्रकार सम्मेलन गरेर मूल्यवृद्धिको विरोध गर्दै पसल बन्द गराएको छ । संघले उद्योगीहरुले बिनाकारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्तामा र हार्डवेयर व्यवसायीमा परेको भन्दै मूल्यवृद्धिको चौतर्फी विरोध भइँरहदासमेत सरोकारवाला निकायबाट अनुगमन, छानबिन तथा मूल्य नियन्त्रणतर्फ कुनै कदम नचालेको आरोप लगाएकोछ, कारोबारमा खबर छ ।