लोकान्तर संवाददाता
काठमाडौं, १० माघ –एईसीसीले आयोजना गरेको ‘ग्लोबल अष्ट्रेलियम एडमिसन डे’मा विद्यार्थीको अत्यधिक आकर्षण देखिएको छ । ग्लोबल एडमिसन डेका अवसरमा संस्थाले सोमवार आयोजना गरेको कार्यक्रममा करीव ९ सय जना विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय अध्ययन सम्बन्धी जिज्ञासाको समाधानका लागि फेसबुक छलफल सत्रको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन लगायतका सम्पूर्ण जानकारी लिने अवसर प्रदान गरिएको थियो ।
कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन नर्सिङ लगायतका विविध विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीले २२ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट र छलफल गरेका थिए । तत्काल प्रक्रिया अगाडि बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसर पनि कार्यक्रममा प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीका लागि आईईएलटीएस, पीटीई, टोफल अध्ययनका लागि विशेष प्याकेजको व्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ ।
सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्षसम्मका लागि कार्य अधिकार (वर्क राइट) पनि प्रदान गरिने जानकारी दिइयो ।
कार्यक्रममा गैरआवाशिय नेपाली संघका अध्यक्ष शेष घले सञ्चालक रहेको अष्ट्रेलियाको मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीले पनि सहभागीता जनाएको आयोजकले बताएको छ ।
एईसीसी सन् २००८ मा स्थापना भएको थियो ।