०५ असार २०८३, शुक्रबार

लालुप्रसादको अनुरोध सुनेपछि न्यायाधीशले दिए तबला बजाउन सुझाब

पुस २१, २०७४
लालुप्रसादको अनुरोध सुनेपछि न्यायाधीशले दिए तबला बजाउन सुझाब

काठमाडौं, २१ पुस– भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले जेलभित्रको दैनिक जीवन कठोर बनिरहेको भन्दै छिटै जेलमुक्त हुन पाऊँ भनी आग्रह गरेका छन् । जेलभित्र धेरै समस्या आइरहेको र त्यसबाट छुटकारा पाउन उनले न्यायाधीशसमक्ष यस्तो आग्रह गरेका हुन् । 

चर्चित ‘चारा घोटाला’ काण्डको सुनवाइका क्रममा बिहीबार अदालत पुगेका लालुप्रसादले न्यायाधीशसमक्ष त्यस किसिमको अनुरोध गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । प्रहरीले गत साता चारा घोटालाका १६ मुख्य दोषीहरूलाई पक्री लालुप्रसादलाई पनि हिरासतमा लिएको हो । त्यो मुद्दा अहिले झारखण्डको अदालतमा चलिरहेको छ । सबै दोषीलाई प्रहरीले एकैपटक मुद्दा चलाएको छ ।

प्रहरीले बिहीबारको सुनवाइका क्रममा लालुप्रसादलाई अदालतमा प्रस्तुत गरेको हो । अदालतले शुक्रबार आफ्नो फैसला सुनाउनेछ । बिहीबार बहसका क्रममा लालुले न्यायाधीशलाई आफूतर्फ ध्यानाकर्षण गरी न्याय पाउनेमा विश्वस्त रहेको बताए । तर, उनले धेरैजसो समय न्यायाधीशलाई जेलमा भोगिरहेको समस्या मात्र बताइरहे ।

न्यायाधीशले पनि लालुलाई ठट्टा गर्दै जेलभित्र चिसो भए तबला र हारमोनियम बजाउन सुझाब दिएका छन् । अदालतले चारा घोटालाका मुख्य दोषीलाई धेरैमा सात वर्ष र थोरैमा एक वर्ष जेल सजाय फैसला सुनाउन सक्ने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्