२२ जेठ २०८३, शुक्रबार

ट्रिपरले टाटा सुमोलाई टक्कर दिँदा २ को मृत्यु, ९ घाइते

कात्तिक २०, २०७४
ट्रिपरले टाटा सुमोलाई टक्कर दिँदा २ को मृत्यु,  ९ घाइते

काठमाडौं, २६ मंसिर – काभ्रेको सागास्थित भैँसेपाटी भन्ने स्थानमा तीब्र गतिमा रहेको ट्रिपरले आइतबार बिहान यात्रुबाहक टाटा सुमोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।CzXEhKCUUAARVbX
पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ज २१९१ नम्बरको टाटा सुमोलाई विपरित दिशाको बा४ख ३५५६ नम्बरको ट्रिपरले ठक्कर दिँदा टाटा सुमोमा सवार मोरङ बधुमाला ७ का मदन श्रेष्ठ र झापा दालाबारी नपा ६ का मिलन कार्कीको मृत्यु भएको काभ्रेका एसपी सहकुल थापाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार घाइतेहरुको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।
प्रहरीले ट्रिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ भने टाटा सुमो क्षतिग्रस्त बनेको छ ।

फोटो : ‏@bhubang को ट्वीटरबाट 

salt training

कमेन्ट गर्नुहोस्