१३ असार २०८३, शनिबार

जंगली हात्तीले घर भत्काउँदा क्षति

पुस २१, २०७४
जंगली हात्तीले घर भत्काउँदा क्षति

मोरङ, २१ पुस- मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति पुर्‍याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । 

हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्‍याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिनुभयो । 

हात्तीलाई स्थानीयवासीको सहयोगमा जंगलतर्फ नै लखेटिएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्ती बस्तीमा पस्दा रातभर सो वडाका बासिन्दा आतंकित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्