१० साउन २०८३, आइतबार
गोलीकाण्ड

ह्वाइट हाउस डिनरमा ७-८ राउन्ड गोली चलेको पुष्टि

बैशाख १३, २०८३
काठमाडौं
ह्वाइट हाउस डिनरमा ७-८ राउन्ड गोली चलेको पुष्टि

 ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा ७-८ राउन्ड गोली चलेको पुष्टि भएको छ । बीबीसीले कार्यक्रमस्थलमा खटिएका एक सुरक्षा अधिकारीलाई उदृत गर्दै उक्त घटनाको क्रममा ७ देखि ८ राउन्ड गोली चलेको पुष्टि गरेको हो । 

घटनापछि संदिग्ध बन्दुकधारीको अवस्थालाई लिएर भने विरोधाभासपूर्ण सूचनाहरू प्राप्त भइरहेका छन्। केही रिपोर्टहरूले संदिग्ध सुटर सुरक्षाकर्मीको कारबाहीमा मारिएको उल्लेख गरेका छन् भने केहीले उनलाई जीवितै नियन्त्रणमा लिइएको बताएका छन्।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सुटरलाई पक्राउ गरिएको दाबी गरेका छन्। यद्यपि, सुरक्षा निकायले सुटर मारिएको हो वा पक्राउ परेको भन्नेबारे आधिकारिक रूपमा स्पष्ट पारिसकेको छैन। घटनास्थलमा अझै पनि सुरक्षा सतर्कता उच्च पारिएको छ। सो कार्यक्रममा ट्रम्प पनि सहभागी थिए भने घटनालगत्तै उनलाई सुरक्षित स्थानतिर लगिएको थियो । 


salt training

कमेन्ट गर्नुहोस्