२३ असार २०८३, मंगलबार

छोराले चिर्पटले हानेर गरे बाबुको हत्या

छोराले चिर्पटले हानेर गरे बाबुको हत्या

प्युठान, २१ पुस– प्युठानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जसपुरमा बिहीबार साँझ २० वर्षीय मोहनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चामाथि दाउराको चिर्पट प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

दाउराको प्रहारबाट घाइते रैसिङको उपचारको क्रममा गएराती बुटवलमा मृत्यु भएको हो। आमाबुबा दुबैलाई हत्या प्रयास गरिएपनि सिकिस्त घाइते रहेकी उनकी आमाको बुटवलमा उपचार भइरहेको छ । बिहीबार साँझ घरमा घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहनलालले एक्कासी आमालाई कुटपिट गरेपछि छुट्टाउन जाँदा बुबालाई पनि दाउरा प्रहार गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्