१९ असार २०८३, शुक्रबार

रुपन्देहीको खैरहनीमा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको खैरहनीमा गोली चल्यो, एक जना घाइते

रुपन्देही २१ पुस– रुपन्देहीको देवदह नगरपालिका खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । स्थानीय ३८ वर्षीया बसन्त पौडेल गम्भीर घाइते भएका हुन् । घटनाको पुष्टी हुन बाँकी छ । 

मीलमा काम गरिरहेको अवस्थामा बिहान ११ः ३५ बजेको समयमा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनको छातीमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइएको छ । घटनाको पूरा विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्