काठमाडौं १० माघ – राष्ट्रिय जनमोर्चाले दलीय भागवण्डाका आधारमा न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाएको छ ।
व्यबस्थापिका संसदको सोमवार बसेको बैठकमा राजमो सांसद मीना पुनले न्यायाधीश नियुक्तीमा पनि दलहरुले भागवण्डा आरोप लगाएकी हुन् । ‘अमुक दलको अमुक व्यक्ति न्यायपरिषद्को बैठकमा गएको कुरा बाहिर आएको छ । न्यायाधीश नियुक्तीमा पनि भागवण्डा ?’ उनले प्रश्न गरिन् ।
न्यायपरिषद् बैठकमा माओवादी नेता बर्षमान पुन सहभागि भएको कुरा बाहिर प्रकाशमा आएको थियो । सांसद पुनले न्यायाधीश नियुक्ती समावेशी नभएकोमा पनि आपत्ति जनाइन ।
‘देशमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला हुनुहुन्छ भनेर घोकेर बन्ने हो कि ? संविधानमा भएको व्यबस्था बमोजिम समानुपातिक नियुक्ती गर्ने ?’