०२ असार २०८३, मंगलबार

काभ्रेमा एम्बुलेन्स दुर्घटना, दुई जना घाइते

काभ्रेमा एम्बुलेन्स दुर्घटना, दुई जना घाइते

धुलिखेल, २१ पुस- काठमाडौंबाट दोलखातर्फ फर्कदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दोलखाबाट काठमाडौं विरामी ल्याएर उक्त एम्बुलेन्स दोलखा फर्कदै थियो । 

अरनिको राजमार्गस्थित खावा भन्ने स्थानमा ज १ च १२५४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । एम्बुलेन्समा दुई जना सवार थिए । 

दुर्घटनामा एम्बुलेन्स चालक दोलखाका २४ वर्षीय रामृष्ण बुढाथोकी र दोलखाकै ५० वर्षकी लक्ष्मी बुढाथोकी घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्