काठमाडौं, १० माघ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा हजारौं महिलाहरुले विरोध –याली निकालेका थिए । विरोध गर्ने ती महिलाहरुमाथि भोट दिने समयमा उनको विरुद्धमा किन भोट नगरेको भनि ट्रम्पले प्रश्न गरेका छन् ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेपछि उनको विरुद्धमा अमेरिका लगायत विभिन्न देशहरुमा विरोध प्रदर्शन भएको थियो । अष्ट्रेलिया, न्युजल्याण्ड र जापान लगायतका देशमा ट्रम्पको विरोधमा प्रदर्शन भएको थियो ।
शनिवार अमेरिकामा सर्वसाधारण लगायत थुप्रै हलिउड हस्तीहरुले समेत ट्रम्पको विरोध नारा लगाएका थिए । आफूविरुद्ध भएको विरोध प्रदर्शनमाथि ट्रम्पले टिप्पणी गरेका छन् ।
उनले आइतवार ट्वीट गरे, ‘हिजो महिलाहरुले म विरुद्ध प्रदर्शन गरेको मैले देखेँ, आश्चर्य लाग्छ मलाई भर्खरैमात्रै चुनाव सकिएको छ, भोट दिने समयमा कहाँ थिए यी विरोध गर्ने महिलाहरु,उनीहरुले मविरुद्ध चुनावमा किन भोट हालेनन् ?’
ट्रम्पको इशारा राष्ट्रपति चुनावमा मिलेको जितप्रतिको संकेत थियो ।
बीबीसी हिन्दी