काठमाडौं, १० माघ — यो कथाको शुरुवात सन् २०१० बाट हुन्छ । त्यतिखेर राजकुमार विलियमले केट मिडलटनलाई १२ क्यारेटको अण्डाकार नीलमको औंठी दिएर विवाहप्रस्ताव गरेका थिए ।

यही औंठी विलियमकी आमा डायनाले राजकुरमार चार्ल्ससँग विवाह गर्दा लगाएकी थिइन् ।
विलियम र केटले लन्डनमा आयोजित भव्य समारोहमा विवाह गर्दा केटले हातमा सुनको कल्ली पनि लगाएकी थिइन् ।
केटले हातभरि गहना लगाएपनि उनले श्रीमानसँग औंठी साटासाट गरेको थाहा पाइएन । अनि विलियमले कहिले पनि औंलामा महंगो औंठी भिरेको पाइएन ।
के हो यसको कारण ? यो उनको स्टाइल होइन । अनि विलियमले केट मिडलटनको हात कहिल्यै पनि नसमात्नुका पछाडि यही कारण छैन ।
यसको कारण के हो भने राजकुमार विलियमले परम्परालाई त्यागेर औंठी नलगाउने निर्णय गरेको एक वक्तव्य ठ्याक्कै विवाहअघि निकालेका थिए ।
यो आफ्नो व्यक्तिगत चाहना मात्र भएको उनले उल्लेख गरेका थिए । यसका बारेमा उनले श्रीमतीसँग छलफल गरेका थिए ।
विलियमलाई गहना मन नपर्ने रहेछ ।
एजेन्सी