२८ जेठ २०८३, बिहीबार
एक महिनामै एसईईको नतिजा

एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय

बैशाख २८, २०८३
काठमाडौं
एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

सोमबार साँझ बैठक बसेर बोर्डले यस्तो निर्णय गरेको हो । अहिले डेटा अपलोड गर्ने काम भइरहेकाले केही समयमा परीक्षाफल सार्वजनिक हुने बोर्डले जनाएको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्